चिटिक्क छ मेरो गाउँ - सुन्तले हो यसको नाउँ
जन्म १९६४ आषाढ़ १० गते, शुक्रवार
ममतामयी जशोदा शर्मा - मेरी आमा
जीर्ण प्राथमिक पाठशाला सुन्तले - यहाँ चौथो कक्षा पढ़ें
त्यसपश्चात विद्यासागर उच्चतर माध्यमिक विद्यालय बाट सन् १९८० मा माध्यमिक अनि विश्राम
हामी छ भाई, दुई दिदी बहिनी म माइलो छोरो
१९९० मा विवाह बन्धन - शारदा जीवन संगीनीको नाउँ
लगत्तै पिताको स्वर्गारोहण
दुई वर्ष पछि प्रथम र दोस्रो पुत्र सन्तान शिशिर र बसन्त
बस मेरो परिचय यही नै अन्त ।